Nic Ad Nic Ad
Nic Ad Nic Ad

भदौ ११ गतेदेखि १६ गतेसम्म नाडा अटो शो

बिहीबार, साउन ३१, २०८१

काठमाण्डौ – आउँदो भदौ ११ देखि १६ गतेसम्म ुनाडा अटो शो २०२४ आयोजना हुने भएको छ । अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अनुसार काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनीस्थलमा अटो शोु हुनेछ ।

यस वर्ष अटोमोबाइल प्रदर्शनी, टाटा ईभी, नाडा अटो शो २०२४ गर्न लागिएको नाडा अटो शो २०२४ को समितिका कार्यवाहक संयोजक अनुपकुमार बरालले जानकारी दिए ।

बरालका अनुसार यस वर्षको प्रदर्शनीमा २४ वटा चार पाङ्ग्रे ब्रान्ड, १९ वटा  दुई पाङ्ग्रे ब्रान्ड र १२ वटा हल्का व्यावसायिक गाडीका ब्रान्ड प्रदर्शनीमा रहनेछन् । प्रदर्शनीमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अरू अटो कम्पोनेन्टमा ३३ कम्पनी तथा सात वटा वित्तीय संस्थाले वित्तीय समाधान पनि दिने उनले बताए।

प्रदर्शनीमा एक सय ३० वटा स्टल रहने र ९५ प्रदर्शकले आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्ने पनि आयोजकले जनाएको छ । अटोमोबाइल्स एशोसिएशनले दुई दशक अघिदेखि गाडीहरूको प्रदर्शनी नाडा अटो शोु गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्