Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बिहीबार, साउन ३१, २०८१

काठमाडाैं - पहिरोले मध्ये पहाडी लोकमार्ग अवरुद्ध भएको छ। पहिरोले अन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मि खण्ड अवरुद्ध भएको छ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ अक्करे भीरमा अविरलसँगैको पहिरो, ढुङ्गा र माटोसहितको लेदोका कारण सडक अवरुद्ध भएको हो।

बिहिबार बिहान पौने ६ बजेदेखि दुवैतर्फको सडक अवरुद्ध भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए। अवरुद्ध खडक खुलाउन इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी ग्वाल्टारका प्रहरी उक्त स्थानमा पुगिसकेको काफ्लेले जानकारी दिए।

सडक अवरुद्ध हुँदा पहाडी जिल्लाहरु खोटाङ, ओखलढुंगा, सोलुखुम्बुबाट राजधानी काठमाडौं हिँडेका सवारीसाधन र राजधानीबाट ती जिल्लामा आएका सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।

 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार