Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिन्धुलीमा बलेरो दुर्घटना, २ जनाको मृत्यु

बिहीबार, साउन ३१, २०८१

सिन्धुली - सिन्धुलीमा बोलेर जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । बिहीबार बिहान सिन्धुली तीनकान्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियाबारीमा दुर्घटना भएको हो ।


बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन् । प्रहरी घटनास्थल पुगिसकेको छैन । स्थानीयका अनुसार ७ जना घाइते भएका छन् । घाइतेलाई सिन्धुली अस्पताल ल्याउँदै गरिएको छ । दुर्घटनापछि विपी राजमार्ग अवरुद्ध भएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्