उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
काठमाडौं - उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको हो ।
न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका रेग्मीको निधनको शोकमा आज (बिहीबार)उच्च अदालत पाटनको सबै कामकारबाही बन्द हुने भएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१ ११:१५
प्रतिक्रिया दिनुहोस्