Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्राउन सुगरसहित कोटेश्वरबाट आठ जना पक्राउ

बिहीबार, साउन ३१, २०८१

काठमाडौँ- अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरूका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । 

ललितपुरका २७ वर्षीय रफिस अवाले, काभ्रेपलाञ्चोक नमोबुद्धका १९ वर्षीय रिसफ श्रेष्ठ, मोरङ कानेपोखरीका २१ वर्षीय रेमन राई, बेलबारीका ३३ वर्षीय अमितकुमार चौधरी र ३६ वर्षीय प्रमोद राई, पाँचथरको मिक्लाजुङका २८ वर्षीय मेहरमान भुजेल र फिदिमका २७ वर्षीय टिम्पल तामाङ, फाल्गुनन्दका २९ वर्षीय भीमकुमार चेम्जोङ पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले आज जानकारी दिएको हो । प्रहरीले उनीहरूका साथबाट लागुऔषध ट्रामाडोल आठ ट्याब्लेट, मोटरसाइकल र स्कुटर एक/एक थान, नगद रु ५५ हजार दुई सय, १४ थान मोबाइल, आइप्याड एक थान, झोला एक थान, तौल गर्ने डिजिटल मेसिन एक थान र पर्स एक थान बरामद गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्