भ्रष्टाचार निवारण विधेयकमा अख्तियारसँग सुझाव लिँदै संसदीय समिति
काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकका सन्दर्भमा छलफल भइरहेको छ ।
सिंहदरवारमा जारी बैठकमा विधेयकका सम्बन्धमा विभिन्न सरोकारवाला निकायसँग सुझाव लिने आजको कार्यसूची रहेको समिति सभापति रामहरि खतिवडाले बताए ।आजको छलफलमा गृहमन्त्री रमेश लेखक, अख्तियारका प्रमुख आयुक्त प्रेम राई, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उपस्थित छन् ।
यसअघि बैठकमा सदस्यहरूले पदीय हैसियतको दुरुपयोग गर्नेलाई कारबाहीको दायरा बढाउनुपर्नेमा जोड दिएका थिए ।
भ्रष्टाचारजन्य कसुरमा हदम्यादको विषयलाई लिएर पनि फरक-फरक धारणा आएका छन् । समितिमा फास्ट ट्रयाकमा विधेयकलाई अघि बढाइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१ १२:३५
प्रतिक्रिया दिनुहोस्