Nic Ad Nic Ad
Nic Ad Nic Ad

गहना किन्ने बहानामा पुगेकी महिलाले जब दुई तोलाको सिक्री चोरेर भागिन्

बिहीबार, साउन ३१, २०८१

काठमाडौं- सुनका गहना किन्ने बहानामा पुगेकी एकजना महिलाले दुई तोलाको सिक्री चोरेर भागेको खुलेको छ ।

किन्ने बहानामा पसलमा छिरेर ललितपुर महानगरपालिका-३ पुलचोक बस्ने ५२ वर्षीया लिना नकर्मीले दुई तोला २० लालको सिक्री चोरेर भागेकी हुन् ।


यस प्रकरणमा प्रहरीले काठमाडौं महानगरपालिका-२३ बिशालबजार बस्ने जगन्ननाथ ज्वलेर्सका सञ्चालक भारतको पश्चिम बंगाल राज्य मोदिनीपुर घाटल थाना कुशपता ग्राम घर भएका ५२ वर्षीय चित्र रञ्जन हजारालाई पनि पक्राउ गरेको छ ।

कार्कीले न्यूरोडस्थित नारायण ज्वेलर्सबाट शुक्रबार दिउँसो सुनका गहना खरिद गर्ने बहाना गरेर २ तोला २० लालको सुनको सिक्री चोरेर भागेकी थिइन् ।


उक्त प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले चोरीमा संलग्न लिनालाई ललितपुरको पुल्चोकबाट पक्राउ गरेको छ ।

लिनाले चोरी गरेको सुनको सिक्री न्यूरोडस्थित जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको खुलेको थियो । त्यसपछि ज्वेलर्सका सञ्चालक रञ्जनलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

लिनाले यसअघि चोरी गरेर १७ ग्राम बराबरको सुनको सिक्री १ थान जगन्नाथ ज्वेलर्सलाई बेचेको खुलेको छ । प्रहरीले लिनाको साथबाट करिब २ तोला बराबरको सुनको सिक्री पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्