Nic Ad Nic Ad
Nic Ad Nic Ad

अख्तियार र कर्मचारीको अन्तरविरोधले शासन जाम भयो : ‘प्रचण्ड’

बिहीबार, साउन ३१, २०८१

काठमाडौँ-  पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कर्मचारीको अन्तरविरोधका कारण शासन नै जाम हुने हो कि भने जस्तो अवस्था बेलामौकामा देखिने गरेको बताएका छन् । भ्रष्टाचार निवारण ऐन संशोधनका क्रममा यो जटिलता फुकाउने पर्ने उनले बताए ।

विधेयकमाथि छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार अख्तियारका पदाधिकारीहरूलाई बोलाएको थियो । समितिका सदस्य समेत रहेका माओवादी अध्यक्ष ‘प्रचण्ड’ले कार्यकारी प्रमुखका रूपमा काम गर्दै गर्दा अख्तियार प्रमुखसँग धेरै छलफल गरेको स्मरण गरे ।

 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रभावकारी बनाउनुपर्ने र त्यो बेला कर्मचारीतन्त्रमा (अन्तियारको)आतंक जस्तो हुने गरेको भन्दै उनले भने, ‘यो अन्तरविरोधले शासन जाम हुने हो कि भन्ने अवस्था बेलामौकामा देखिने गरेको छ । यो अलि जटिलता नै छ ।’

कार्यकारी प्रमुखमा पुग्ने वा मन्त्री हुने सबैले यो समस्या महसुस गरेका भन्दै उनले भ्रष्टाचार निवारण ऐन संशोधन गर्दा यो जटिलता फुकाउन जरुरी रहेको बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्