भक्तपुरमा ट्रकको ठक्करले स्कुटर चालक महिलाको मृत्यु भएपछि स्थिति तनावग्रस्त, ट्राफिक लखेटिए
काठमाडौं– भक्तपुरको गठ्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
विहीबार दिउँसो ट्रकले स्कुटर चालकलाई ठक्कर दिएको थियो। ठक्करपछि स्थिति तनावग्रस्त बनेको छ। आक्रोशित भिडले ट्रकको सिसा फुटाएका छन्।
सो क्रममा त्यहाँ खटिएका ट्राफिक प्रहरीलाई पनि भिडले लेखेटेको थियो। अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाइएको छ।
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१ १५:३५
प्रतिक्रिया दिनुहोस्