Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित

बिहीबार, साउन ३१, २०८१

काठमाडौँ- संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । संघीय संसद, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । 

बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरेका हुन् ।

ज्येष्ठ सदस्य जबराले नेपाली काँग्रेसको सांसदसमेत रहेकी नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरे । 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्