Nic Ad Nic Ad
Nic Ad Nic Ad

विपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृह मन्त्री लेखकको आग्रह

बिहीबार, साउन ३१, २०८१

काठमाडौँ - गृह मन्त्री रमेश लेखक र नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीबीच बिहीबार शिष्टाचार भेट भएको छ ।

सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको भेटमा मन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई आग्रह गरेका हुन् ।


साथै कतारमा रहेका नेपाली कामदारहरूलाई २४ घण्टा नै बीमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीहरूको राहत र उद्धारमा जोड पनि दिए । उनले कतारका विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह पनि गरे ।

राजदूत अलान्सारीले विपिन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए । उनले कतारको विकासमा नेपालीहरूको सहयोगको प्रशंसा पनि गरे ।

प्रतिक्रिया दिनुहोस्