Nic Ad Nic Ad
Nic Ad Nic Ad

बढ्दो आत्महत्या रोकथामको लागि प्रहरीले थाल्यो विशेष अभियान

बिहीबार, साउन ३१, २०८१

काठमाडौँ- देशभर जस्तै चितवनमा पनि नै आत्महत्याको घटना बढ्दै गएपछि चितवन प्रहरीले आत्महत्या रोकथामको लागि विशेष अभियान थालनी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका सरोकारवालाहरूको समन्वयमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन गरी आत्महत्या न्यूनीकरणको अभियान थालेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार चितवनमा प्रत्येक वर्ष आत्महत्या गर्ने मानिसको संख्या बढ्दै गएको छ । चितवन प्रहरीका इन्स्पेक्टर लक्ष्मण केसीले पाँच वर्षीय तथ्यांक मूल्यांकन गर्दै आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढी तथ्यांक २ सय ३२ जनाले आत्महत्या गरेका छन् । भने अघिल्ला वर्षमा क्रमशः २ सय २४, २ सय १४ आत्महत्या गर्ने मानिसको संख्या थिए ।

चितवन प्रहरीका अनुसार यहाँ गतवर्ष आत्महत्या गर्नेमा १ सय ४४ जना पुरुष छन् भने ८८ जना महिला रहेका छन् । तिमध्ये बालक १४ र २४ जना बालिका रहेका छन् । प्रहरीले गरेको आत्महत्या गर्ने उमेर समूह हेर्दा ४९ जना संख्या १८ देखि २५ वर्ष उमेर समूहका युवाहरू रहेका छन् । त्यसपछि दोस्रो नम्बरमा ४६ देखि ५९ वर्षका ४७ जना रहेका छन् ।

चितवनका प्रहरी उपरीक्षक भावेश रिमाल सबैभन्दा धेरै आत्महत्या सक्रिय उमेर समूहको हुनु सरोकारवालाका लागि झन् चुनौतीपूर्ण रहेको छ । यसको लागि आत्महत्या गर्ने कारण पहिचान गरी रोकथाममा लाग्नुपर्ने उनले जोड दिए ।

त्यसैगरि आत्महत्याको स्थानको आधारमा समेत प्रहरीले विश्लेषण गरेको थियो । जसको आधारमा हेर्दा सबैभन्दा धेरै मानिसले घर भित्र नै ज्यान फाल्ने गरेको पाइएको छ । प्रहरीको तथ्यांक अनुसार ८३ दशमलव १९ प्रतिशत चितवनका मानिसले घरभित्रै ज्यान फालेका छन् ।

चितवनमा नारायणी नदीको पुलबाट हामफालेर पनि आत्महत्या गर्ने गरेका घटनाहरू सार्वजनिक हुने गरेका छन् । यद्यपि घरमा सबैभन्दा बढी मानिसको आत्महत्या गर्ने स्थल हुने भएकोले मानिसको आत्महत्याको कारण पहिचान गरी समयमा नै न्यूनीकरणतर्फ लाग्नुपर्ने सरोकारवालाको समेत धारणा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  २१:००
प्रतिक्रिया दिनुहोस्