Nic Ad Nic Ad
Nic Ad Nic Ad

परराष्ट्र सचिव लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस

शुक्रबार, साउन ३२, २०८१

काठमाडौं – परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएकी छन् ।

बिहिबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।


लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिवको रुपमा नियुक्त भएकी थिइन् । यससँगै मन्त्रालयको निमित्त सचिवमा प्रवक्ता अमृत राईको सम्भावना रहेको छ । उनी परराष्ट्र सेवाका सबैभन्दा सिनियर सचिव हुन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्