Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति ४ घण्टा बन्द हुने

शुक्रबार, साउन ३२, २०८१

काठमाडौँ -नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा आज (शुक्रबार) राति प्रभावित हुने भएको छ । 

नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गरिंदैछ । टेलिकमले आज एक सूचना जारी गदै आज राति ११ बजेदेखि करिब ४ घण्टा सेवा प्रभावित हुने जनाएको छ । 


नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको जनाएको छ । यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमा समेत मागेको छ । 

सेवासम्बन्धी समस्याका लागि सदाझैँ १४९८ र १९८ मा डायल गर्न पनि नेपाल टेलिकमले अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्