Nic Ad Nic Ad
Nic Ad Nic Ad

राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान

शुक्रबार, साउन ३२, २०८१

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलबर्नतर्फ प्रस्थान गरेका छन् । 

मेलबर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति उनी त्यसतर्फ प्रस्थान गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार बताए ।


अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की छन् । उनी भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ ।


 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्