Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिनावात्रा बनिन् थाइल्याण्डको नयाँ प्रधानमन्त्री

शुक्रबार, साउन ३२, २०८१

काठमाडौँ - ३७ वर्षकी पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन् । उनी अर्बपति एवम् पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् ।

त्यहाँको संवैधानिक अदालतले ३० साउनमा मात्र प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको थियो । त्यसपछि सत्तारुढ फेउ थाइ दलले सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सार्‍यो ।

सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने पेतोङत्रान तेस्रो व्यक्ति हुन् । उनका बुवा थाक्सिन र फुपु यिंगलक सिनावात्रा प्रधानमन्त्री भएका थिए ।

पेतोङत्रान भने सबभन्दा कम उमेरकी थाइ प्रधानमन्त्री समेत भएकी छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्