Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुधकोशीमा आएकाे बाढीले सोलुखुम्बुको थामे गाउँमा ठूलो क्षति, हिमताल फुटेको आशंका

शुक्रबार, साउन ३२, २०८१

काठमाडौ - दुधकोशी नदीमा भीषण बाढी आउँदा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ थामे गाउँमा ठूलो क्षति पुर्‍याएको छ। गृह मन्त्रालय सहसचिव एवं भीष्मकुमार भुसालका अनुसार दुधकोशी नदीमा भीषण बाढी आउँदा थामेमा बस्ती बगाएको छ । तर, मानवीय क्षति भने नआएको जानकारी वडा नम्बर ५ का वडाध्यक्ष पासाङ गेल्जेन शेर्पाले दिएको भुसालले बताए। 

दुधकोशीमा अचानक ठूलो बाढी आउनुको कारण सोलुखुम्बु हिमताल फुटेको आशंका गरिएको छ । तर, गृह प्रशासनले पुष्टि गरेको छैन। अहिले नेपाली सेना र प्रहरी घटनास्थलतिर लागेको छ। 

दुधकोशी नदी  ओखलढुंगातर्फ बढ्दै गएकाले कुइभिर, दियाले, पोखरे, भदौरे, रवुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाटलगायतका क्षेत्रका बासिन्दालाई सतर्क रहन गृह मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्