Nic Ad Nic Ad
Nic Ad Nic Ad

५९ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

शुक्रबार, साउन ३२, २०८१

काठमाडौँ- सरकारले ५९ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहका विभिन्न ५९ जना कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डीप्रसाद घिमिरे, राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भुसाल, स्वास्थ्य तथा जनसङ्खंख्या मन्त्रालयका सहसचिव विनोदबहादुर कुँवर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)का सहसचिव कृष्णकुमारी श्रेष्ठ र सुमन दाहालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

यसैगरी बाग्मतीको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका हरिशरण पुडासैनी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका दीपक लामिछाने, कविता रेग्मी, राष्ट्रिय योजना आयोगका महेश भट्टराई, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीबाट यमुना प्रधान, कोशीको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट श्यामप्रसाद भण्डारी, लोकसेवा आयोगबाट गोपीकृष्ण कोइराला र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट मदन दाहाललाई अर्थ मन्त्रालयमा पठाइएको छ ।

महावाणिज्य दूत बनाउने तयारीसहित ४ सहसचिव परराष्ट्र मन्त्रालयमा पुगेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद निरौला, गृह मन्त्रालयका सहसचिवद्वय झक्कप्रसाद आचार्य, भरत खनाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका विन्देश्वरप्रसाद लेखक परराष्ट्रमा सरुवा गरेको मन्त्री गुरुङले जानकारी दिए ।

त्यस्तै, आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णालीको प्रदेश प्रमुखको कार्यालय, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख नरेन्द्रकुमार राना, भन्सार विभागका उपमहानिर्देशक रहेका रामकुमार महतो लोक सेवा आयोग, सहसचिव नारायणप्रसाद सापकोटा महालेखा नियन्त्रकको कार्यालयबाट निर्वाचन आयोग, टोकराज पाण्डेलाई अर्थ मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्री गुरुङले जानकारी दिए ।

भ्रष्टाचार मुद्दामा मुछिएका अर्थ मन्त्रालयका रितेशकुमार शाक्यलाई सामान्य प्रशासन मनत्रालयको अतिरिक्त समूहमा राखिएको छ । अर्थकै सहसचिव टंकप्रसाद पाण्डे संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।

सहसचिव शिवराम पोखरेल सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, रघुराम विष्ट निर्वाचन आयोगबाट गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ज्ञानहरि घिमिरे हुलाक सेवा विभागका महानिर्देकबाट बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बाबुराम गौतम गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सहसचिव कृष्णप्रसाद लम्साल राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बसेका खोमराज कोइराला राष्ट्रिय योजना आयोग, बाग्मतीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका हुमकला पाण्डे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कोशीको सामाजिक विकास मन्त्रालयका लक्ष्मीप्रसाद भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, बाग्मतीको प्रदेश लोक सेवा आयोगका नीता पोखरेल अर्याल निर्वाचन आयोग, सहसचिव डा.नारायणप्रसाद रेग्मी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राल, सहसचिव रामकृष्ण लामिछाने ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेका छन् ।

हेमराज तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवा भएर कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रुद्रप्रसाद पण्डित पर्यटन विभागका महानिर्देशकबाट राष्ट्रिय योजना आयोग, सहसचिव चक्रबहादुर बुढा राजस्व अनुसन्धान विभागका महानिर्देशकबाट संघीय मामिला मन्त्रालयको अतिरिक्तमा, यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव अर्जुन भण्डारीलाई राष्ट्रय योजना आयोगमा पठाइएको छ । पुष्पराज शाही प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् ।

परराष्ट्रमा पुगेका नवराज ढुंगानालाई सुदूरपश्चिमको प्रदेश प्रमुखको कार्यालय, परराष्ट्र गएका नारायणप्रसाद भट्ट राष्ट्रिय सतर्कता केन्द्र, लीलाप्रसाद शर्मा रक्षा मन्त्रालयबाट गृह मन्त्रालय, पुष्कर न्यौपानेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कोशीको प्रदेश प्रमुखको कार्यालय, शंकर नेपाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका राजेश्वर ज्ञवाली राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्