Nic Ad Nic Ad
Nic Ad Nic Ad

दूधकोशी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह

शुक्रबार, साउन ३२, २०८१

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले दूधकोशी किनाराका बासिन्दाहरुलाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। 

सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका ५ को टासी लाप्चा क्षेत्रमा लेदोसहित आएको भीषण बाढी बस्तीमा प्रवेश गरेपछि प्रशासनले यस्तो अनुरोध गरेको हो। 

शुक्रबार दिउँसो बाढी आएपछि प्रशासनले सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार हिमताल फुटेको आशंका छ।

अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। हिमताल फुटेको अथवा हिमपहिरो गएको भन्ने अझै यकिन नभएको बताइएको छ। स्थानीयहरूका अनुसार लेदोसहितको बाढीले घर टहरा पुरेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्