Nic Ad Nic Ad
Nic Ad Nic Ad

गृह मन्त्रीसँग संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकको शिष्टाचार भेट

शुक्रबार, साउन ३२, २०८१

काठमाडौँ- गृह मन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीले आज शिष्टाचार भेट गरेका छन्। 

सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको उक्त द्विपक्षीय भेटवार्तामा गृह मन्त्री लेखकले संयुक्त राष्ट्रसंघको भूमिकाको प्रशंसा गरे। सो अवसरमा उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेना र नेपाल प्रहरीको भूमिकाको प्रशंसा गर्दै शान्ति मिसनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्ख्या थप बढाउन पहल गरिदिन संयोजक हाम्डीलाई आग्रह गरे । 

सो अवसरमा संयोजक हाम्डीले सङ्क्रमणकालीन न्यायको प्रगतिका लागि मन्त्री लेखकलाई धन्यवाद दिँदै यस प्रक्रियामा प्राविधिक र आर्थिक पक्षमा संयुक्त राष्ट्रसङघको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 

जलवायु परिवर्तनका जोखिम व्यवस्थापन, विपदमा पूर्व चेतावनी प्रणालीमा पूर्ण सहयोग रहने उनले उल्लेख गरे ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्