Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदीय समितिले सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग लियो बयान

शुक्रबार, साउन ३२, २०८१

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग बयान लिएको छ । विशेष समितिको कार्यविधिअनुसार पुनसँग बयान लिएको समितिका सभापति सूर्य थापाले बताए ।

उनी सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव हुन् । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता पुन सहकारी बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा जोडिएका थिए ।सहकारी ठगी प्रकरणमा गत चैत २ गते पक्राउ परी धरौटीमा छुटेको भए पनि समितिले आज उनीसँग बयान लिएको हो । समितिले सहकारी ठगीमा जोडिएकाहरुलाई जेलबाट झिकाएर बयान लिइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्