केही विद्यालयमा अनाधिकृत व्यक्तिहरू प्रवेश गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा असर पर्ने कार्यहरू गरेकाले यस्तो सुझाव दिइएको शिक्षा अधिकारी गोविन्द्र प्रसाद शर्माले जानकारी दिए ।
काठमाडौँ महानगरपालिका अन्तर्गतका विभिन्न विद्यालयमा विद्यार्थी संगठनहरू अनधिकृत रुपमा छिर्दै दादागिरी गरेको खबर आएको छ। विद्यालयले गैरकानुनी काम गरेमा, कारबाही गर्ने काठमाडौँ महानगरपालिका एवं अन्य अधिकार प्राप्त निकायहरूले हो, राजनीतिक पार्टीका संगठनहरूले होइन। यस्ता व्यक्ति एवं समुह अनधिकृत रुपमा प्रवेस गर्न खोजे नगर प्रहरीमा सम्पर्क गर्न विद्यालयहरूमा हार्दिक अनुरोध।
यस्तै अनाधिकृत व्यक्ति तथा समूहले बलपूर्वक विद्यालयमा प्रवेश गर्न प्रयास गरेमा त्यस्ता कार्यलाई रोक्न महानगरका प्रहरी उपरीक्षक विष्णु जोशीलाई सम्पर्क गर्ने महानगरले अनुरोध गरेको छ ।
