Nic Ad Nic Ad
Nic Ad Nic Ad

भदौ ४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा

शुक्रबार, साउन ३२, २०८१

काठमाडौँ- बागमती प्रदेश सरकारले गाईजात्राको दिन भदौ ४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्राको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

बागमतीमा सरकारी कामकाजको भाषासम्बन्धी ऐन लागू भएपछि नेपाल भाषी समुदायको पर्वको रूपमा गाईजात्राको दिन बिदा दिने निर्णय गरिएको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्