बालेनको बिकास मोडेलमा गीत बनाउने कर्मचारीलाई कारबाही "सरुवा"
काठमाडौ - केपी ओली सरकार भएको बेलामा बालेनको बिकास मोडेलको नाम लिएर तीजको गीत बनाउने कर्मचारीलाई कारबाही सरुवा गरिएको छ ।
पोखरा महानगर पालिकाको सामाजिक महाशाखामा सूचना अधिकारी चन्द्रवती वाग्लेको बालेनको बिकास मोडेल गित बनाएकै कारण सरुवा भएको बताएकी छन् । उनी गायीका पनि भएकाले बिगतका बर्ष देखी तीजको समयमा तीजका गित गाउँने गरेकी छन् ।
पोखरा महानगरको सामाजिक महाशाखामा सूचना अधिकारीको रुपमा रहेकी वाग्लेले विवेदपुर्ण सरुवा भएको गुनासो समेत गरेकी छन् । उनको पोखरा महानगरपालिका २३ नम्बर वडामा कारबाही स्वरुप सरुवा भएको खुलेको छ । पोखरा महानगर ३ बाट सामाजिक महाशाखामा सरुवा भएको तीन महिनामै २३ नम्बर वडामा सरुवा भएपछि उनले गित गाएकै कारण नियमबिपरित सरुवा गरिएको गुनासो गरेकी छन् ।
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१ ०९:०७
प्रतिक्रिया दिनुहोस्