काभ्रेको ५५ किलोमा सुक्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो
काठमाण्डौ – सुक्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुलेको छ । राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका ५५ किलोमा हिजो बेलुका र गएराति सुक्खा पहिरो गएको थियो ।
पहिरो हटाएपछि अवरुद्ध सडक खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यो सडक खण्डमा पटक पटक सुक्खा पहिरो खस्ने गरेको छ ।
अरनिको राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१ १०:२९
प्रतिक्रिया दिनुहोस्