Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

शनिबार, भदौ १, २०८१

 काठमाण्डौ – सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदैछ । सिंह संक्रान्ति अर्थात् भाद्र संक्रान्तिका दिन सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा ओल्के पर्व मनाउने गरिन्छ । ओल्के पर्वमा आफूभन्दा ठुला, मान्यजन तथा जेष्ठ नागरिकलाई सम्मान गर्ने चलन छ ।

बिहानै नुहाइधुवाइ गरी आफूभन्दा जेठा व्यक्ति र मान्यजनलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल, मीठो मसिनो खानेकुरा दिएर सम्मान गर्नु यो पर्वको मुख्य विशेषता रहेको छ । साथै पिङ खेल्ने, देउडा, ठाडी भाका तथा लोकलयमा गीत गाउने गरिन्छ ।

यो पर्व सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउ, गडवाललगायतका ठाउँमा पनि मनाउने गरिएको छ । वर्षायाम शुरु हुनासाथ विभिन्न प्रकोप, रोग र महामारी फैलिन सक्छ भन्ने विश्वासका साथ बिंशु पर्व मनाइन्छ भने यस्ता महामारीबाट जोगियो भनेर खुशीयाली साट्न ओल्के पर्व मनाउने गरिएको विश्वास छ ।

स्थानीय भाषामा पींडालुको भित्रीमा गुबोे दिएर, मिठो मसिनो खाएर र अन्य फरक मौलिक तरिकाले ओल्के मनाइन्छ । वर्खाभरी कामको ब्यस्तताले चेलीबेटी माइत नआउने र आजका दिन आउने भएकाले आमाछोरीको पहिलो भेटका रुपमा पनि लिने चलन छ । डोटीमा आजको दिन स्थानिय भाषामा गाजो काटेर सबै जम्मा भएर गाजोको पिङ बनाएर खेल्ने चलन छ ।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्