Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो

शनिबार, भदौ १, २०८१

काभ्रेपलाञ्चोक- सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग चार घण्टापछि खुलेको छ ।

राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा पहिरो खस्दा आज बिहान छ बजेदेखि सडक अवरुद्ध भएको थियो ।प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताए। सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका थिए ।

साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको थियो । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट सडक खण्डमा यसअघि पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्