Nic Ad Nic Ad
Nic Ad Nic Ad

टानको निर्वाचनका लागि व्यवसायी सापकोटाद्वारा प्यानल र घोषणापत्र सार्वजनिक

शनिबार, भदौ १, २०८१

काठमाडौँ- ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ नेतृत्वका लागि व्यवसायी राजेन्द्रप्रसाद सापकोटा प्यानलले घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौँमा शनिबार एक कार्यक्रममा उम्मेदवारसहित प्यानलले घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा पदमार्गहरूको संरक्षण र विकासलाई केन्द्रमा राखिएको सापकोटाले बताए । पदयात्रा व्यवसायको दीर्घकालीन अस्तित्वका लागि हाल कायम रहेका पदमार्गहरूको संरक्षण र नयाँ पदमार्गहरूको निर्माणलाई राष्ट्रिय महत्वको प्राथमिकतामा राख्ने घोषणापत्रमा उल्लेख छ ।पदयात्रा पर्यटनलाई माध्यमिक शिक्षादेखि नै अध्ययनको विषय बनाउने, स्वदेशमै रोजगारीको अवसर बढाउने, पदयात्रासम्बन्धी अनुमति पत्रहरूमा लगाइएको १३ प्रतिशत भ्याट फिर्ता गर्न, अब लागू नगर्न सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

टिम्स कार्डबाट भएको आम्दानीलाई पर्वतीय पर्यटन श्रमिकहरूको सामाजिक सुरक्षा, पदमार्गहरूको स्तरोन्नति र पोर्टर सेल्टरहरूको निर्माणमा खर्च गर्ने योजना घोषणापत्रमा समावेश गरिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्