Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेस-एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत : भीम रावल

शनिबार, भदौ १, २०८१

काठमाडौँ- नेकपा (एमाले) का नेता भीम रावलले काँग्रेस-एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत बनेको टिप्पणी गरेका छन् ।

शनिबार रिपोटर्स क्लबले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले वर्तमान सरकार नेपालको संविधानको धारा २६९ को मर्मविपरीत रहेको दाबी गरेका हुन् ।विपरीतसिद्धान्त भएका दुई ठुला दलहरूले सरकार बनाएकाले राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राखेर राष्ट्रिय सुरक्षा, नेपालको सार्वभौमता, क्षत्रीय अखण्डता, कृषि, उद्योग, स्वास्थ्य, सञ्चार क्षेत्रमा काम गर्छन् की गर्दैनन् भन्ने परीक्षाको रूपमा रहेको उनले बताए ।

उनले संविधान संशोधनमा एमाले–काँग्रेस स्पष्ट दृष्टिकोणका साथ अगाडि नबढेको प्रष्ट भएको बताए । त्यस्तै, उनले काँग्रेस-एमालेले भन्ने गरेको राष्ट्रिय सहमतिको व्यवस्था नेपालको संविधानमा नै नरहेको जिकिर गरे । उनले ठुला-ठुला भ्रष्टाचार र चुहावट रोक्न सरकारले कदम चाल्नुपर्ने बताए ।

उनले आफू अहिले पनि एमालेको सदस्य भएको भन्दै त्यसमा अटल रहेको बताए ।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्