Nic Ad Nic Ad
Nic Ad Nic Ad

परराष्ट्रमन्त्री आरजु देउवा भोलि भारत भ्रमणमा जाँदै

शनिबार, भदौ १, २०८१

काठमाडौं– परराष्ट्रमन्त्री आरजु राणा देउवा भोलि आइतबार पाँच दिने भारत भ्रमणमा जाने भएकी छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री देउवाले  भाेलि २ देखि ६ भदौसम्म भारत भ्रमण गर्ने जानकारी गराएको हो ।

भ्रमणका क्रममा मन्त्री राणाले भारतीय विदेशमन्त्री यस जयशंकरसँग भेटवार्ता गर्ने र दुई देशीय सम्बन्धका बारेमा छलफल गर्ने बताइएको छ  । दुई देशबीचमा नियमित रुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।

 साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको कार्यतालिका स्वीकृत गरेको थियो ।

परराष्ट्रमन्त्री देउवा ६ भदौमा स्वदेश फिर्ता हुने छिन् ।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्