Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढीपहिरोमा परी जेठ २८ यता १८१ जनाको मृत्यु, ३१० घर र ४९ वटा पुलमा क्षति

शनिबार, भदौ १, २०८१

काठमाडौं- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म १ सय ८१ जनाको मृत्यु भएको छ।

बाढीपहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ८१ जनाको मृत्यु भएको हो। 

यस्तै जेठ २८ यता बाढीपहिरोमा परी २ सय २९ जना घाइते भएको प्रहरीले जनाएको छ।

कोशी प्रदेशमा ३ जना, मधेशमा १ जना, बागमतीमा ४१ जना, गण्डकीमा २ जना, लुम्बिनीमा १ जना, कर्णालीमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५० जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार बेपत्ताको खोजी भइरहेको छ।

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन्। ३ सय १० वटा घर, १ सय ७ वटा गोठ, ४९ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ८ सय ३० वटा पशु चौपायको मृत्यु भएको छ।

उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार ६ सय ८९ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्