Nic Ad Nic Ad
Nic Ad Nic Ad

परराष्ट्र मन्त्री देउवा आज भारत भ्रमणमा जाँदै

आइतबार, भदौ २, २०८१

काठमाडौँ - परराष्ट्र मन्त्री आरजु राणा देउवा आज पाँच दिने भारत भ्रमणमा जाँदै छिन् ।

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्र मन्त्री देउवाले १८ देखि २२ अगस्ट अर्थात् २ देखि ६ भदौसम्म भारत भ्रमण गर्ने जानकारी गराएको छ ।

भ्रमणका क्रममा भारतीय विदेश मन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

उच्च तहको नियमित भ्रमण आदान प्रदानले नेपाल र भातबीचको वर्षैँ पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयले बताएको छ । 

मन्त्री राणा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्