काठमाडौँ - गण्डकी प्रदेश सरकारले न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराको सूचनामा ७१ जना न्यायिक सहजकर्ता माग गरिएको हो ।
गण्डकी प्रदेश भित्रका गाउँपालिका तथा नगरपालिकाको लागि न्यायिक सहजकर्ता छनौट गरी करार सम्झौता गराई कार्य गराउन दरखास्त आह्वान गरिएको छ ।
योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र यस कार्यालयमा आवेदन दिन अनुरोध गरिएको छ।
