Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट

आइतबार, भदौ २, २०८१

काठमाडौँ - रुसमा शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विष्फोट भएको छ । बिहान करिब ७ बजेतिर कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट करिब ९० किलोमिटर पूर्व समुद्री तटमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पपछि शिवलुच क्षेत्रमा ज्वालामुखी विष्फोट भएको रुसी सञ्चार माध्यमहरूले जनाएका छन् । त्यसबाट निस्किएको खरानी समुद्री सतहबाट करिब आठ किलोमिटर माथिसम्म फैलिएको छ ।


त्यहाँबाट लावा पनि बाहिरिएको बताइएको छ । भूकम्प र ज्वालामुखीपछि तटीय क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०९:३१
प्रतिक्रिया दिनुहोस्