Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुटपिट गरी श्रीमतीको हत्या

आइतबार, भदौ २, २०८१

जलेश्वर (महोत्तरी) - महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एक जनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताएका छन् । स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका हुन् ।

श्रीमतीसँगको घरायसी  झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा  निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ । घटनापछि फरार भएका निजका श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्