Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिरोले मध्यपहाडी लोकमार्ग बन्द

आइतबार, भदौ २, २०८१

बागलुङ– भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ ।

लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।


सडक अवरुद्ध हुँदा यात्रु र सवारी साधन बिच बाटोमै रोकिएका छन् । अवरद्ध सडक खोल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्