Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ५२ हजार ६०० रूपैयाँ

आइतबार, भदौ २, २०८१

काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आइतबार सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस अघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५० रुपियाँले बढेर १८१० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्