Nic Ad Nic Ad
Nic Ad Nic Ad

हैजा संक्रमितको संख्या ५५ पुग्यो

आइतबार, भदौ २, २०८१

काठमाडौँ- नेपालमा हैजा संक्रमित संख्या ५५ जना पुगेको छ । विभिन्न जिल्लामा थप ५ जना संक्रमित थपिएसँगै देशभर हैजा संक्रमित संख्या ५५ पुगेको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाका अनुसार ललितपुरमा मात्र ४१ जना हैजा संक्रमित छन् ।यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा ४ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ ।

पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्