Nic Ad Nic Ad
Nic Ad Nic Ad

सौराहा चिनाउन ‘छतिया स्ट्रिट’

आइतबार, भदौ २, २०८१

काठमाडौं– पर्यटक गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा पर्यटकहरूलाई आकर्षित गर्न ‘छतिया स्ट्रिट’ निर्माण गरिएको छ ।

थारु समुदायको मुख्य बसोबास रहेको सौराहामा थारु समुदायको मौलिकता झल्कने खालका छतिया राखेर करिब ४५ मिटर लामो छतिया स्ट्रिट निर्माण गरेको हो । सौराहा थारु समुदायको बाहुल्य रहेको बस्ती हो ।

अहिले सो क्षेत्रमा विभिन्न समुदायका व्यक्तिहरूले होटलहरु खोल्दै गए पछि सौराहाका थारु समुदायको अस्तित्व नै हराउँदै गएको छ । सौराहामा थारु समुदायको मात्र १ सय २ घर रहेका छन् ।

सौराहामा अहिले ४५ मिटर लामो बागमती प्रदेश सरकारको सहयोगमा छतिया स्ट्रिट निर्माण गरीएको रत्ननगर नगर पालिका वडा नम्बर ६ का वडा सदस्य बिरेन्द्र महतोले बताए । उक्त स्ट्रिट बागमाती प्रदेश सरकारको ३० लाख र वडा कार्यालयबाट ३ लाखको लागतमा छतिया स्ट्रिट निर्माण गरीएको उनले जानकारी दिए ।

छतिया थारु समुदायले खेतमा काम गर्दा घाम पानी बाट बच्न ओढ्ने  बास र भर्लाको पात वाट बनेको ठुलो टोपी हो । उक्त स्ट्रिटमा पर्यटकलाई आकर्षित गर्न साँझ पख थारु समुदायको खानाका परिकारहरू थारु समुदायले बनाएका ह्याण्डी क्राफ्टहरु बिक्री वितरणको लागि राखिने महतोले बताए ।

स्ट्रिटमा हप्ता २ दिन थारु समुदायको मौलिक सांस्कृतिक नाच झाम्टा र लाठी नाच प्रस्तुत गर्ने योजना रहेको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्