Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगीका आरोपित रास्वपा सह–महामन्त्री आचार्यसँग समितिले लियो बयान

आइतबार, भदौ २, २०८१

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा नाम जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सह–महामन्त्री विपिन आचार्यसँग संसदीय छानबिन समितिले आइतबार बयान लिएको छ। 

समितिको कार्यालयमा बोलाएर आचार्यसँग बयान लिइएको हो। बुटवलको उक्त सहकारीको रकम अपचलन गरी ठगी गरेको विषयमा आचार्य पनि संलग्न रहेको उल्लेख छ। 

सहकारीबाट २०७८ पुस १२ गते विपीनकुमार आचार्यको नाममा १ करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको र उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको आरोप छ।

छानबिन समिति संयोजक सूर्य थापाका अनुसार उक्त बयान सम्बन्धित अधिकारीले रेकर्डमा राखेका छन्। हस्ताक्षरसहितको बयानको दस्ताबेज तयार पारिएको छ। थापाले बयानसँगै प्रतिवेदन लेखनको काम पनि जारी राखिएको बताए।
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्