नक्कली शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन आदेश
काठमाडौं । बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा झन्डै एक वर्षपछि समातिएर अनुसन्धान गरिएका झालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षमा थुनामा पठाउन आदेश गरेको हो । उनले इन्कारी बयान दिएका थिए ।
न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई थुनामा पठाउने आदेश गरेको हो । झामाथि नेताहरूसँग ‘सेटिङ’ मिलाएको आरोप थियो ।
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१ १५:३७
प्रतिक्रिया दिनुहोस्