Nic Ad Nic Ad
Nic Ad Nic Ad

शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिकविरुद्ध मुद्दा दायर

आइतबार, भदौ २, २०८१

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध मुद्दा दायर गरेको छ ।

धामी र सिंहले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत ४ लाख १२ हजार घुस रकम र ५ लाखको चेकसहित पक्राउ परेका थिए ।

अख्तियारले अनुसन्धानपछि दुवैलाई सोही रकम बराबरको बिगो कायम गरी आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्