Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्दै

आइतबार, भदौ २, २०८१

काठमाडौ – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी रापपत्रमा प्रकाशित गर्न लागेको बताएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्री ठकुरीले कृषि हानिकारक वन्यजन्तुमा बँदेलको म्याद थप गरिएको पनि जानकारी दिए   ।

सरकारले गएको वर्ष समितिको निर्देशन अनुसार एक वर्षका लागि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । अहिले थप एक वर्ष म्याद थपिएको मन्त्री ठकुरीले बताए । उनले रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानी–नोक्सानी पुर्‍याएकाले कृषि हानिकारक वन्यजन्तुमा बँदेलसँगै राखिएको बताए ।

यस्तै मन्त्री ठकुरीले पूर्वाधार निर्माणमा वनको कारणले रोकियो भन्ने व्यापक गुनासो आएको भन्दै मन्त्रालयले अब सडक निर्माण, खानेपानी, जलविद्युत् आयोजनामा छिटो छरितोसँग काम गर्ने प्रयास गरिरहेको बताए । मन्त्रालयले अब वनको कारणले आयोजनाहरूको काम अगाडि बढेन भन्ने गुनासो आउन नदिने गरी काम गरिरहेको उनको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस्