शिक्षा मन्त्रालयद्वारा विद्याभूषणका लागि आवेदन आह्वान
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न पदकका लागि आवेदन आह्वान गरेको छ । गत वर्ष नै उधारोमा पदक प्रदान गरेको मन्त्रालयले यो वर्षका लागि समेत आवेदन आह्वान गरेको हो ।
मन्त्रालयले नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल छात्रा विद्यापदक क र ख तथा नेपाल प्रविधि विद्याभूषणका लागि आवेदन माग गरेको हो ।
तोकिएको विभिन्न सर्तहरू पुरा गरेको व्यक्तिले आगामी भदौ १६ गते भित्र मन्त्रालयको वेबसाइट वा मन्त्रालयको कोठा नम्बर ४०३ मा आवेदन दिन मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१ २०:३५
प्रतिक्रिया दिनुहोस्