पशुपतिनाथ परिसरमा जनैपूर्णिमाको चहलपहल
काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा ऋषि तर्पणी पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र ९डोरो० बाँध्ने गर्दछन् ।
पर्वका अवसरमा पशुपतिनाथमा रक्षाबन्धन तथा यज्ञोपवित धारण गर्न जानेहरुको भीड लागेको छ ।
मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्दछन् ।
गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१ ०७:३१
प्रतिक्रिया दिनुहोस्