बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जना बेपत्ता
धनगढी - बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जना बेपत्ता भएका छन् ।
आइतबार राति बुङ्गल नगरपालिका-१० को टुमेडामा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले पहिराले स्थानीय वी बहादुर धामीको घर पुरिंदा ४ जना बेपत्ता भएको बताए ।
अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका केसीले बताए ।
पहिरामा पुरिएकाहरूकफ खोजी जारी छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१ ०८:५२
प्रतिक्रिया दिनुहोस्