Nic Ad Nic Ad
Nic Ad Nic Ad

ललितपुरको कुम्भेश्वरमा आगलागी

सोमबार, भदौ ३, २०८१

काठमाडौं - ललितपुरको कुम्भेश्वरस्थित एक घरमा आज बिहान आगलागी भएको छ । बंगलामुखी मन्दिर नजिकैको घनाबस्तीमा भएको घरमा आज बिहान करिब नौ बजेतिर आगलागी सुरु भएको थियो ।

घरको सबैभन्दा माथिल्लो तलामा आगलागी भएको हो । ललितपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगो निभाउन ललितपुर महानगरपालिकाका नगर प्रहरीसहितको टोली खटिएको थियो । काठमाडौं महानगरपालिकाको दमकल पनि झिकाइएको थियो ।

ललितपुरको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले २५ जना नगर प्रहरी, ३ वटा दमकल र एउटा पानी ट्यांकरको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए ।

उक्त घरको भुइँतलामा मेडिकल पसल र खाजा तथा मिठाइ पसलहरु छन् । आज जात्राको दिन परेकाले मिठाइहरु बनाउने काम जारी थियो । त्यहीबेला घरको दोस्रो तलामा आगो लागेको देखिएको थियो । त्यहाँ टिभी कोठा थियो । त्यही टिभी कोठाबाट आगो सल्किएको अनुमान छ । आगलागीबाट भएको क्षतिको विवरण खुलिसकेको छैन ।


 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्