घट्यो सुनको मूल्य,आज कतिमा हुँदैछ कारोबार
काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१ ११:५५
प्रतिक्रिया दिनुहोस्