Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज राष्ट्रिय सूचना दिवस मनाइँदै

सोमबार, भदौ ३, २०८१

काठमाडौँ- सूचनाको हकसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी देशभर १८औँ राष्ट्रिय सूचना दिवस मनाइँदै छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाइँदै आएको हो ।

सबै नागरिकलाई सूचना माग गर्ने र प्राप्त गर्ने संवैधानिक हकको कार्यान्वयनका लागि कानुन कार्यान्वयनमा आएपछि यो दिवस मनाउन थालिएको हो ।

सूचना दिवसका अवसरमा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयन अझ प्रभावकारी बनाउँदै लैजान आवश्यक रहेको बताए। प्रमुख सूचना आयुक्त गुरुङले सबै सार्वजनिक निकायले सूचनाको हकको कार्यान्वयनमा सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्न र गराउनसमेत आह्वान गरेको छ ।

सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि राजनैतिक दल तथा नेतृत्व, सार्वजनिक निकायका पदाधिकारी, सूचनाको हकका अभियन्ता, सञ्चारकर्मी, नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने आयोगले जनाएको छ ।

राष्ट्रिय सूचना दिवसका अवसरमा आयोगले आज आयोजना गर्ने कार्यक्रमको प्रमुख आतिथ्यता उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्