Nic Ad Nic Ad
Nic Ad Nic Ad

करेन्ट चाउचाउले सार्वजनिक गर्‍यो ट्रेडमार्कका प्रमाण

सोमबार, भदौ ३, २०८१

काठमाडौँ- करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले आफूले उद्योग विभागबाट प्राप्त गरेको करेन्ट नामको ट्रेडमार्क र लेबलका प्रमाणपत्र सार्वजनिक गरेको छ ।

प्रतिस्पर्धी सीजी फुड्सले विभागको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेको र अदालतले ‘कानुन बमोजिम गर्नू’ भनी आदेश गरेको जानकारी दिँदै यशोदा फुड्सले अदालतको अवहेलना हुने गरी सीजी फुड्सले भ्रमपूर्ण प्रचार गरेको बताएको छ ।यशोदा फुड्सले सयौँ लेबल र ट्रेडमार्क दर्ताका लागि विभागमा आवेदन दिएको र कुनै एक लेबलमा विपक्षीले विरोध गर्दै अदालतको गएको विषयलाई भ्रमपूर्ण प्रचार गरेको भन्दै उसले आपत्ति जनाएको छ ।

करेन्ट चाउचाउ बिक्री वितरणमै रोक लगाइएको, बजारमा गएको समान समेत फिर्ता लिनुपर्ने भन्ने जस्ता भ्रमपूर्ण प्रचार नगर्न समेत उसले विपक्षीलाई आग्रह गरेको छ।

पछिल्लो समय वाईवाईको ठूलो बजार हिस्सा करेन्ट चाउचाउले खोसेपछि यी दुई ब्राण्डवीच द्वन्द्व सुरु भएको हो । स्वाद र गुणस्तरमा ग्राहकले करेन्ट रोज्न थालेपछि प्रतिस्पर्धीले कानुनी झमेला सिर्जना गर्ने र त्यसमा हारेपछि भ्रमपूर्ण प्रचार गर्ने गरेको भन्दै करेन्टले उपभोक्तालाई कुनै भ्रममा नपर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्